काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ जनाको मृत्यु भएको छ ।
प्रदेशमा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
१०७ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ७ महिला र ५ पुरुष रहेका छन् ।
प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्मामा अनुसार प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको हो ।
कास्की १०, तनहुँ १ र नवलपरासी पूर्वमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ७५५ पुगेको छ ।
गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०८ पुगेको छ ।
योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ११७ पुगेको छ भने होम आइसोलेसनमा १९१ जना रहेका छन् ।
सक्रिय संक्रमितको संख्या २३० पुगेको छ ।
प्रतिक्रिया