स्नातक प्रथम बर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

काठमाडौं, काठमाडौंको नयाँबजारमा रहेको आधारशिला (अक्स्फोड) कलेज (आदर्श)मा स्नातक प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुको सम्मानमा आयोजिक स्वागत समारोह कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
बि.ए र बि.बि.एस द्धितिय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुद्धारा प्रथम बर्षमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुको स्वागतमा आयोजना गरिएको उक्त स्वागत समारोह कार्यक्रम कलेज परिसरमा सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा सोही कलेजका प्रिन्सिपल राजेन्द्र ढकाल हुनुहुन्थ्यो ।
कार्यक्रममा सोही कलेजमा अध्ययानरत विद्यार्थी र स्नातक तहमा प्राध्यापनरत प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा विद्यार्थी र स्नातक तहमा प्राध्यापनरत प्राध्यापकहरुले शुभकामना मन्तव्य तथा आफ्ना अनुभवहरु राख्नुभएको थियो ।
उक्त कर्यक्रममा स्नातक प्रथम बर्षमा अध्यायनरत विद्यार्थीहरुलाई टिका, खादा तथा पुष्प गुच्छाले स्वागत गर्नुका साथै नव आगन्तुब विद्यार्थीहरुको सम्मानमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
प्रतिक्रिया