२०८० असोज १३ गते | 30th of September 2023

बाँकेको जैसपुरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माण कार्यले गति लिएन

बाँकेको जैसपुरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी निर्माण कार्यले गति लिएन
Sanchar_np प्रकाशित: २०७८ मंसिर ३ गते ११:५५

मधु पौडेल, बाँके । बाँकेको नेपालञ्जस्थित जैसपुरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण कार्यले अझै गति लिन सकेको छैन ।

पश्चिम तराईको प्रमुख नाका नेपालगन्जस्थित भारत सरकारको सहयोगमा बन्दै गरेको आईसीपीको निर्माण सुरु भएको नौ महिना बिति सक्दा १५ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ ।

बाँके जिल्लाको नेपालगंजस्थित जैसपुर–१६ मा निर्माणधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण कार्यले अझै गति लिन सकेको छैन ।

निर्माण सुरु भएको नौ महिना बितिसक्दा १५ प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ । भारत सरकारको २ अर्ब ३५ करोड रुपैयाँ लागतमा आईसीपी निर्माण कार्य अगाडि बढेको हो ।

जग्गा अधिग्रहण लगायतका काम नेपालका तर्फबाट भइसकेको छ । बन्दरगाह निर्माणस्थलदेखि नेपालन्जको चौकिासम्मको २ हजार ७ सय मिटर पहुँच मार्ग नेपाल सरकारले निर्माण भएको छ ।

अन्य भौतिक संरचना निर्माणका लागि भारतीय सरकारले लगानी गरिरहेको छ । २०७७ फागुन मा निर्माण कार्य सुरु भएको थियो ।आगामी २०७९ जेठमा सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माणको गति हेर्दा आगामी सात महिनामा आयोजना सम्पन्न हुने अवस्था छैन ।

आईसीपी निर्माण स्थल र नेपालगंजको चौलिकास्थित सुर्खेत रोड जोड्ने २.२. किलोमिटर लम्बाई र ६० मिटर चौडाई रहेको सडक १२ मिटरको ग्राभेल गरिएको छ ।नयाँ दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपागन्जमा बन्दरगाह आवश्यक रहेको भन्दै जैसपुरलाई रोजिएको हो ।

बन्दरगाह संचालन भए आयात सहज हुने र यहाँका जडिबुटी र उत्पादन निकासी गर्न सरल हने तथा व्यापारी व्यवसायी व्यवसायीहरुले पनि बिनाझन्झट भारतबाट विभिन्न समानहरु निर्वाध रुपमा आयात गर्न सक्ने छन ।

२०७७ फागनुमा निर्माण कार्य सुरु भएको आईसीपी आयोजना आगामी २०७९ जेठमा सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्माण गति हेर्दा आगामी सात महिनामा आयोजना सम्पन्न हुने अवस्था छैन ।

सन्२००५ मा नेपाल–भारत सरकार बीच सम्झौता भएको आयोजना सम्झौता भएको १५ वर्षपछि निर्माण कार्य सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *