सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
हिमालयन शेर्पा र संकटाबीचको खेल आज दिउँसो १ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन ।
हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रबि सिलवालले गर्ने छन । त्यस्तै दोस्रो खेलमा ललितपुरका दुई क्लब थ्री स्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
थ्री स्टार र च्यासलबीचको भिडन्त आज अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार थ्री स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरुआत सुखद बनाउन चाहन्छ ।
थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले लिगमा टिमको लक्ष्य उपाधि रहेको बताएका छन । च्यासलका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले टिमको लक्ष्य शीर्ष चार रहेको बताएका छन ।
थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ । त्यस्तै च्यासलको कप्तानी बिराज महर्जनले गर्ने छन । लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन ।
यस पटकको लिगको पुछारमा पर्ने दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा हुने छन ।
यसअघि शुक्रबार भएको लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन ।
प्रतिक्रिया