२०८० मंसिर १८ गते | 4th of December 2023

थप २३८ जना कोरोना पुष्टि, १ जनाको मृत्यु

३७० जना संक्रमणमुक्त

थप २३८ जना कोरोना पुष्टि, १ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर ५ गते ११:५०

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १ जनाको मृत्यु भएको छ ।

३७० जना संक्रमणमुक्त भएका छन् ।

७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ३३३ पुगेको छ । मृत्‍यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ भने ८ लाख ३५९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ जना रहेका छन् ।

जसमध्ये ६ हजार ६९६ जना होम आइसोलेसनमा रहेका छन् भने ४६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २२७ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *