भारतमा भारी वर्षा कारण १ लाख ५० हजारभन्दा धेरै किसान प्रभावित

एजेन्सी । भारतका विभिन्न भागमा भारी वर्षाका कारण भएको क्षतिको समीक्षा गर्न शिर्ष नेताहरुको बैठक बसेको छ ।
अगष्ट र सेप्टेम्वरमा भएको कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले राज्यका विभिन्न भागमा लगातारको वर्षाका कारण भएको क्षतिको समीक्षा गर्न बैठक बसेको भारतिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।
बेंगलोर, अर्बन, तुमाकुरु, कोलार, चिक्काबल्लापुर, रामनगर, हसन जिल्लाहरूमा व्यापक क्षति भएको बताएको छ ।
अनुसार प्रारम्भिक प्रतिवेदनमा पाँच हेक्टरभन्दा बढी जमिनको बाली नष्ट र २४ जनाको मृत्यु भएको बताइएको छ ।
६ सय ५८ घर पूर्णरुपमा र ८ हजार ४ सय ९५ घरमा आंशिक क्षति पुगेको छ । कम्तिमा १ सय ९१ जनावरहरू मरेको रिपोर्ट गरिएको छ । यसका साथै धेरै सडक, पुल, विद्यालय र जनस्वास्थ्य केन्द्रमा क्षति पुगेको छ ।
अगस्ट र सेप्टेम्बरमा परेको अविरल वर्षाले ३ लाख ४३ हजार हेक्टरमा खेती गरिएको बालीलाई असर गरेको छ, १ लाख ५० हजार किसानहरू प्रभावित भएका छन् ।
उनीहरूका लागि क्षतिपूर्तिको रूपमा १३० करोड जारी गरिएको छ । मुख्यमन्त्री बोम्मईले ७९ हजार किसानलाई मुआब्जाबापत ७९ करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएका छन् ।
सबै तहका कृषि विभागका अधिकारीहरूलाई बाली क्षतिको सर्वेक्षणमा संलग्न हुन निर्देशन दिइएको छ । सडक मर्मत कार्य तत्काल सुरु गर्न र सिँचाइ ट्याङ्कीको मर्मत गर्न निर्देशन दिइएको छ ।
प्रतिक्रिया