२०८० मंसिर १८ गते | 4th of December 2023

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै निगमको कार्यालय अगाडी धर्ना

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै निगमको कार्यालय अगाडी धर्ना
Sanchar_np प्रकाशित: २०७८ मंसिर ६ गते ९:५८

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै विप्लव नेतृत्वको नेकपा आवद्ध जनवर्गीय संगठनहरुले आयल निगममा धर्ना दिएको छ ।

काठमाडौंको टेकुस्थीत निगमको कार्यालय अगाडी उनीहरुले धर्ना दिएका हुन् ।

जनताको ढाड सेकिनेगरि सरकारले मूल्यबृद्धि गरेको र यसका असर चौतर्फी रुपम परेको भन्दै उनीहरुले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

जनताको जीवनयापनसँग प्रत्यक्ष जोडिने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अन्य बस्तुको समेत मूल्य बढ्ने भएकाले मूल्य घटाउनुपर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *