अध्यक्षमा उम्मेदवारी दिने लिङ्देनको तयारी

काठमाडौं । राप्रपाको एकता महाधिवेशनमा प्रतिनिधिसभा सदस्य तथा नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
आगामी मंसिर १५–१७ गते हुने एकता महाधिवेशनमा धवल शमशेर राणासमेतको समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
यसअघि अध्यक्षमा दावेदारी प्रस्तुत गर्दै आएका धवल शमशेर राणासमेतको समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
राप्रपामा दुबै नेता युवापुस्तामाझ लोकप्रिय मानिन्छन् ।
युवा पुस्ताले नेतृत्व हातमा लिनुपर्ने पक्षमा रहेका दुबै नेताबीच यो महाधिवेशनबाट सहकार्य हुन लागेको हो ।
सोही क्रममा लिङ्देनलाई सघाउन राणाले उम्मेदवारी नदिने सहमति भएको हो ।
राजेन्द्रले मंसिर ९ गते पत्रकार सम्मेलन गरेर प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको स्रोतले जनाएको छ ।
लिङ्देनको टिममा राणा महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ ।
विगतमा अध्यक्ष कमल थापा निकट रहेका लिङ्देनको अध्यक्षमा उम्मेदवारी दिने तयारीले राप्रपामा तरंग उत्पन्न भएको छ ।
थापा पनि अध्यक्षको दौडमा रहेका छन् भने पशु्पति शमशेर राणा र पशुपति शमशेर पनि अध्यक्षको आकांक्षी रहेका छन् ।
प्रतिक्रिया