एमाले स्थायी कमिटीको बैठक स्थगित

Sanchar_np
प्रकाशित: २०७८ मंसिर ६ गते १०:२३
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
सोमबार बोलाइएको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो ।
पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय बैठकको मुख्य एजेण्डा रहेको तामाङले जानकारी दिए ।
निर्वाचित भएर आएकाबाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।
यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
प्रतिक्रिया