२०८० असोज ५ गते | 22nd of September 2023

हङकङसंग नेपाल पराजित

हङकङसंग नेपाल पराजित
Sanchar_np प्रकाशित: २०७८ मंसिर ६ गते ११:२०

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटको पराजित भएको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्यो ।

हङकङका लागि मारिको हिलले सर्वाधिक ४४ रनको योगदान गरिन् । नेपालका लागि कविता कुँवर, सबनम राई र सीता राना मगरले समान एक–एक विकेट हात पारे ।

यस अघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको थियो ।

नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । ५८ बलको सामना गर्दा सीताले चार चौका प्रहार गरिन् ।

उनले नवौं ओभरमा रुचिता भेङकटेसलाई लगातार तीन चौका प्रहार गरेकी थिईन् । इन्दु बर्माले अविजित ३१ रन जोडिन् । उनले ३६ बल खेल्दा तीन चौका प्रहार गरिन् काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन् ।

उनी क्यारी चनको बलमा मारिको हिलबाट क्याच आउट भइन् । ओपनर कविता कँुवर पहिलो ओभरको दोस्रो बलमै आउट भइन् । बेट्टी चनले कवितालाई मारिको हिलबाट क्याच आउट गराएकी थिइन् ।

नेपालले ६ ओभरमा १४ रन जोड्दा एक विकेट गुमाएको थियो । नेपालले अब दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्नेछ ।

त्यसैगरी तेस्रो खेल बिहीबार कुवेतविरुद्ध, चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने तय भएको छ । जारी छनोट खेलमा ६ टिम सहभागी छन् । वजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *