२०८० असोज १३ गते | 30th of September 2023

नेप्से परिसूचक ७.९० अंकले वृद्धि

नेप्से परिसूचक ७.९० अंकले वृद्धि
Sanchar_np प्रकाशित: २०७८ मंसिर ६ गते ११:३२

काठमाडौं । आइतबार गिरावट आएको शेयर बजार सोमबार भने सुधारिएको छ ।

शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको हो । सोमबार नेप्से ७.९० अंकले वृद्धि भएको छ ।

सोमबार नेप्से २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक १.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १.२१ प्रतिशत घटेर ५१९.४६ अंक भएको छ । त्यस्तै फ्लोट इण्डेक्स ०.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहमको मूल्य बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *