काठमाडौं । पछिल्लो २४ घण्टामा ३५१ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने ९ जनाको मृत्यु भएको छ ।
२७३ जना संक्रमणमुक्त भएका छन् । भने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ६९९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना निको भएका छन् भने कुल ११ हजार ५०९ जनाको मृत्यु भएको छ । हाल देशभर ७३०० जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया