अष्ट्रेलियामा खोप लगाएका पर्यटकलाई आवेदन विनानै प्रवेश गर्न अनुमति

काठमाडौं । अष्ट्रेलियाले आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा आवेदन विनानै प्रवेश अनुमति दिने जनाएको छ ।
अष्ट्रेलियाले त्यस्ता योग्य राहादानी धारकमा दक्ष जनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका समावेश रहने जनाएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया जान पाउनेछन ।
मोरिसनले यात्रुहरूले अष्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशनद्वारा स्वीकृत वा मान्यता प्राप्त खोपको पूर्ण मात्रा खोप लगाउनुपर्नेछ ।
अष्ट्रेलियाले महिनौंको कडा महामारी प्रतिबन्धपछि नोभेम्बर १ मा क्वारेन्टिनमुक्त यात्रुका लागि आफ्नो सीमा फेरि खोलेको हो ।
गत वर्ष मार्च २० मा, कोरोनाभाइरस महामारीको बढ्दो सङ्क्रमण नियान्त्रण गर्ने उद्देश्यले विश्वको सबैभन्दा कडा सीमा प्रतिबन्ध अपनाएको थियो ।
अष्ट्रेलियाले १८ महिनासम्म अनुमतिबिना विदेश यात्रा गर्न आफ्ना नागरिकलाई पनि कडा प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया