२०८० असोज ५ गते | 22nd of September 2023

वर्षाले नष्ट गरेर बचेको धान पनि बिक्री नहुँदा मारमा किसान

वर्षाले नष्ट गरेर बचेको धान पनि बिक्री नहुँदा मारमा किसान
Sanchar_np प्रकाशित: २०७८ मंसिर ७ गते १२:२३

मधु पौडेल, बाँके । गत कात्तिकमा वर्षाले धान बाली नष्ट हुँदा पीडित बनेका बाँकेका कृषकहरु समयमा धान खरीद नहुँदा थप पीडामा छन् ।

नेपाल सरकारले तीन महिना अघि धानको खरीद मुल्य जारी गरेपनि अझैसम्म प्रक्रियामै अल्झदा तोकिएको मुल्य भन्दा सस्तोमा धान बिक्री गर्नु किसानको बाध्यता बनेको छ ।

गत कात्तिकमा बर्षाले धान बाली नष्ट हुँदाको पीडा सहेर बसेको बाँकेका कृषक सकारले तोकेको मुल्य भन्दा सस्तो मुल्यमा धान बिक्री गर्न बाध्य बनेका छन् ।
धान पछिका खेतीहरु तत्काल नलगाउ“दा समय घर्किने भन्दै कृषकहरुले नेपाल सरकारले तोकेको मुल्य भन्दा सस्तोमा धान बिक्री गर्नु परेको हो ।

तीन महिना अघि नै धानको मुल्य निर्धारण गरी सकेका सरकारले अझैसम्म प्रक्रियामै भएको भन्दै धान खरीद नगर्दा बाँकेका कृषकहरुले सस्तोमा धान विक्री गरी रहेका छन् ।

कात्तिकमा धान खेत डुवाउँदा बाँकेका कृषकहरुले पुर्ण रुपमा धान खेती भित्राउन पाएका थिएनन् ।

भित्र्याएको केही धान विक्रीका लागि पनि धान खरीदका निजी डिपोहरुले सरकारले तोकेको मुल्यमा किन्दैनन् जसको मार किसाले खेपीरहेका छन् ।

धान खरीदका लागि स्थापना गरीएका डिपो तथा मिल संचालकहरु अहिलेको धान भिजेको हु“दा सस्तोमा खरीद गरी रहेको बताउ“छन् । भारतीय चामल बढी बिक्री हुने भएको हु“दा नेपाली कृषकहरुको धान खरीदमा पनि भाउ कम पाएका छन् ।

यता सरकारको प्रतिनिधित्व गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा नेपालगञ्जले धान खरीदका लागि अझै केही समय लाग्ने बताएको छ ।

कृषकलाई खेतबाट उत्पादन भएको बाली बिक्री गरेर हरेक कृषी कर्म गर्नु पर्ने बाध्यता रहेको छ ।

तीन महिना अघि नै धानको मुल्य निर्धारण गरेकोे नेपाल सरकारले अझैसम्म धान खरीद प्रक्रियामै अल्झिनु कृषक प्रतिको बेइमानी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *