२०८० असोज ५ गते | 22nd of September 2023

विश्व निकेतन माविको छड्के अनुगमनमा शिक्षामन्त्री पौडेल

विश्व निकेतन माविको छड्के अनुगमनमा शिक्षामन्त्री  पौडेल
Sanchar_np प्रकाशित: २०७८ मंसिर ९ गते १२:४७

एजेन्सी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौस्थित विश्व निकेतन माविको छड्के अनुगमन गरेका छन् ।

आज शिक्षामन्त्री पौडेलले काठमाडौको त्रिपुरेश्वरस्थित रहेको विश्व निकेतन माविको छड्के अनुगमनगरेका हुन् ।

उनले उक्त विद्यालयको एसईईको नतिजा, बालशिक्षा, बालशिक्षक र शिक्षिकाको समस्याबारे बुझ्नका लागि अनुगमन गर्न गएको जानकारी दिए ।

आकस्मिक रुपमा आफूले अनुगमन गर्दा विद्यालयको सबै शिक्षकहरु कक्षाकोठामा गएर कक्षा सञ्चालन गरेको, राम्रोसँग पठनपाठन गरेको र विद्यार्थीले पनि राम्रोसँग अध्ययन गरेको देखिएको बताए ।

समग्र सार्वजनिक शिक्षालाई सुधार गर्नुपर्छ भन्ने मन्त्रालयको लक्ष्य रहेकाले उक्त लक्ष्य हासिल गर्न विश्व निकेतन माविको शिक्षक र प्रशासनले निर्वाह गरेको भुमिका सरकारका लागि नमुना हुन सक्ने बताए।

अनुगमनका क्रममा मन्त्री पौडेलले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीसँग फोन मार्फत जानकारी समेत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *