सेयर बजार ३.२२ अङ्कले घट्यो

Sanchar_np
प्रकाशित: २०७८ मंसिर ९ गते १२:५४
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ३.२२ अङ्कले घटेको छ ।
बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.१२ प्रतिशतले घटेर २७३१.७८ बिन्दुमा आइपुगेको हो ।
सेन्सेटिभ परिसूचक ०.४५ अङ्कले बढेर ५१५.६४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूह मात्र बढेको छ भने बाँकी सबै उपसमूहका सूचक घटेका छन् ।
बिहीबार २ सय ३३ कम्पनीका ७४ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३ सय ३१ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
यस दिन समृद्धी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य ९.२७ प्रतिशत बढेको छ भने सामलिग पावर कम्पनी लिमिटेडको सेयर मुल्य समायोजन ८.१७ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया