२०८० असोज १३ गते | 30th of September 2023

जुम्लामा बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

जुम्लामा बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर १० गते ११:४०

जुम्ला । जुम्लाको तिला गाउँपालिका –९ धाराखोला बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ ।

सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।

शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी पसेका थिए ।

बालुवा सोर्दै गर्दा खानी भत्किएर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ ।

उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *