थप २७० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । देशभर २७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । भने २ जनाो मृत्यु भएको छ ।
३०२ जना सङ्क्रमणमुक्त भएका छन् ।
१० हजार ४४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १ हजार ७२२ जना निको भइसकेका छन् । निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।
देशभर ७ हजार २८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।
प्रतिक्रिया