प्रचलित कानून कार्यान्वयनमा अझै पनि फितलो

काठमाडौं । कर्णालीमा प्रचलित कानून अपराध संहिताको कार्यान्वयनमा अझैपनि समस्या देखिएको सरोकारवालाले बताएका छन् ।
मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको प्रचलित कानून कार्यान्वयन चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले प्रहरीमा न्यून जनशक्ति, बालसुधार गृहको अभाव, पुर्नस्थापना केन्द्रको अभावलगायतले अपराध संहिता कार्यान्वयनमा समस्या रहेको बताएका हुन् ।
कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश शेषराज सिवाकोटी, महान्यायधिवक्ताको कार्यालयका नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डे, कर्णाली प्रदेशका मुख्य महान्यायाधिवक्ता ध्रुबकुमार श्रेष्ठलगाएतले कुनैपनि मुद्दाको जाहिरीमाथि अनुसन्धान पक्ष र विपक्ष दुबैमाथि निष्पक्षता कायम राख्दै दोषीलाई कार्वाही र पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कर्णाली प्रदेशका दश वटै जिल्लाका सरकारी वकीलहरु, प्रहरी अनुसन्धान अधिकारीहरुलगायत सरोकारवालाको सहभागिता थियो ।
प्रतिक्रिया