राजावादीहरूले मंसिर १८ गते मार्चपाससहित प्रदर्शन गर्ने

काठमाडौं । शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पुनः स्थापनाको लागि मंसिर १८ गते मार्चपाससहित वसन्तपुरमा प्रदर्शन गर्ने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै धर्मनिरपेक्षताको खारेजी र राजसंस्थाको पुनःस्थापनाको लागि सो कार्यक्रम गर्न लागेको शाही युवा शक्ति नेपालले जानकारी गराएको हो ।
देश प्रधानन्यायाधीशले प्रधानमन्त्री नियुक्ति गर्ने अवस्थामा गएको भन्दै अहिलेको अवस्थामा देश राणा शासनको चङ्गुलमा परेको संस्थाका अध्यक्ष पशुपति खड्का टिप्पणी गरेका छन् ।
उनले नेपाली जनतालाई लोकतन्त्रको नाममा झुक्याएर गणतन्त्रको स्थापना गरिएको भन्दै नेपालको राजतन्त्र नेपाली जनताले नभई विदेशी दलालहरूले फालेको आरोप लगाए ।
काठमाडौँका नेवार समुदायको विशाल विरोधले गुठी विधेयक फिर्ता भएको स्मरण गर्दै त्यसै गरी पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फिर्ता ल्याउन सकिने अध्यक्ष खड्काले बताएका छन् ।
देशको अस्तित्व नै समाप्त हुने अवस्था आएको भन्दै राजसंस्था देश र जनताको हितको लागि अपरिहार्य भएको बताउँदै यसको पुनःस्थापनाको लागि आफूहरू सक्रियताका साथ अघि बढेको बताएका छन् ।
प्रतिक्रिया