२०८० असोज ५ गते | 22nd of September 2023

कोरोनाको नयाँ भेरियन्ट भेटिएयो, न्युयोर्कमा संकटकालको घोषणा

कोरोनाको नयाँ भेरियन्ट भेटिएयो, न्युयोर्कमा संकटकालको  घोषणा
Sanchar_np प्रकाशित: २०७८ मंसिर ११ गते ११:०५

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटिएपछि अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ ।

न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनुपरेको उनले स्पष्ट पारेका छन् ।

कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनुपरेको उनको भनाइ छ ।

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन् ।

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरूलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ ।

त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरूलाई समेत विदेशबाट आउने यात्रुहरूको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *