२०८० असोज १३ गते | 30th of September 2023

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर १२ गते ४:०८

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–डोकेबजार नजिकै सुपप्र ०१–००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु१ख ४६६६ को ट्रकले ठक्कर दिएको हो ।

ठक्करबाट घोडाघोडी–१ बेलारका ५० वर्षीय बसन्तराज शर्माको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

यसैबीच मृतकका आफन्तले घोडाघोडी नगरपालिकाको सुखडमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग राख्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् ।

राजमार्ग अवरुद्ध हुँदा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *