२०८० असोज ७ गते | 24th of September 2023

वायु प्रदूषण बढ्दै, स्वास्थ्यमा चुनौती, सचेत रहन आग्रह

वायु प्रदूषण बढ्दै, स्वास्थ्यमा चुनौती, सचेत रहन आग्रह
Sanchar_np प्रकाशित: २०७८ मंसिर १२ गते ५:०३

काठमाडौं । देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रिदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ ।

स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ ।

वायु प्रदूषणले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले बताएका छन् ।

उनले प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्सलगायतका रोग लाग्न सक्ने भएकाले सचेत रहन आग्रह गरे।

वायु प्रदूषणका कारण रुघाखोकी लाग्ने, घाँटीमा समस्या हुने, घाँटी खसखस हुने, चिलाउने, घाँटीको एलर्जी हुने गर्छ ।

प्रदूषणले दीर्घरोगीलाई मात्र नभई, स्वस्थ व्यक्तिलाई समेत असर गर्ने भएकाले सचेतना अपनाउनुपर्ने बताए ।

घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाएरमात्र निस्कने, वायु प्रदूषण भएका बेला कठिनखालका शारीरिक अभ्यास नगर्ने, वायु प्रदूषणबाट आँखा जोगाउनका लागि चस्मा प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *