चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भीम रावललाई पछि पार्दै अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतले विजय भएका छन् ।
आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी रावललाई हराउँदै निर्वाचित बनेका हुन् ।
केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले दिएको जानकारी अनुसार केपी शर्मा ओली भारी मतले विजयी भएको र अब केही बेरमा सम्पूर्ण नतिजा प्रकाशित हुने बताएका छन् ।
आयोगले औपचारिक मत परिणाम भने अझै घोषणा गर्न बाँकी रहेको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो ।
विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।
प्रतिक्रिया