थप ३१५ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

Sanchar_np
प्रकाशित: २०७८ मंसिर १६ गते ११:१६
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ३१५ जनामा संक्रमण पुष्टि भएको छ । भने ६ जनाको मृत्यु भएको छ ।
११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ९४९ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५४६ जना पुगेको छ ।
देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको छ । सक्रिय संक्रमित ७ हजार ४५ जना रहेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म ८ लाख ३ हजार ३६९ जनामा संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया