२०८० असोज १२ गते | 29th of September 2023

कमल थापा र राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो

कमल थापा र राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो
Sanchar_np प्रकाशित: २०७८ मंसिर १६ गते ११:४८

काठमाडौं । राप्रपाको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् ।

राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको हो ।

महिला उपाध्यक्षमा रोशन कार्की, महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।

यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा।धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ ।

विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् ।

यस विषयमा पाठकले आफूहरुले टुंगो लगाएको सूची यही भएको र अर्को प्यानलमा राखे नराखेको बारे थाहा नभएको बताए ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ भने अध्यक्षमा थापा र लिङ्देन भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *