२०८० असोज १३ गते | 30th of September 2023

थप २४६ जनामा कोरोना पुष्टि, ३४७ जना संक्रमणमुक्त

थप २४६ जनामा कोरोना पुष्टि, ३४७ जना संक्रमणमुक्त
Sanchar_np प्रकाशित: २०७८ मंसिर १७ गते ११:४३

काठमाडौं । पछिल्लो २४ घण्टामा २४६ जना कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ ।

७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा मृतकको संख्या भने शून्य रहेको छ ।

३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ भने सक्रिय संक्रमित देशभर झण्डै ७ हजार जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *