२०८० असोज १२ गते | 29th of September 2023

नेपाली सेनाद्वारा दक्षिणी सुडानका महिला तथा बालिकालाई स्वास्थ्य शिक्षा सामग्री वितरण

नेपाली सेनाद्वारा दक्षिणी सुडानका महिला तथा बालिकालाई स्वास्थ्य शिक्षा सामग्री वितरण
Sanchar_np प्रकाशित: २०७८ मंसिर १७ गते १२:१४

काठमाडौं । नेपाली सेनाले दक्षिणी सुडानका विभिन्न विद्यालयमा शैक्षिक सामग्री र कोभिड–१९ का सुरक्षित सामग्री वितरण गरेको छ।​

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाले दक्षिणी सुडानका विभिन्न विद्यालयमा शैक्षिक सामग्री र कोभिड–१९ का सुरक्षित सामग्री वितरण गरेको हो ।

शान्ति सेनाको एघारौँ डफ्फाका फिमेल इङ्जमेन्ट टीम (एमइटी) ले महिला तथा बालिकाका लागि मिन्सुरेसनसम्बन्धी विभिन्न कार्यशाला कक्षा सञ्चालन पनि गरेको छ ।

स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरेका विभिन्न मानवीय सहयोग तथा चेतनामूलक कार्यले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई आपसी सम्बन्ध थप प्रगाढ हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारी पूरा गर्दै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *