२०८० असोज १२ गते | 29th of September 2023

राप्रपाको जारी मतदानमा १५ सय मत खस्यो

राप्रपाको जारी मतदानमा १५ सय मत खस्यो
Sanchar_np प्रकाशित: २०७८ मंसिर १८ गते १०:१२

काठमाडौं । राप्रपाको एकता महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा १५ सय मत खसेको छ ।

राप्रपाको एकता महाधिवेशन काठमाडौंमा जारी मतदान प्रक्रिया निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको हो ।

निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अहिलेसम्म १५ सय मत खसेको छ ।

राप्रपा महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् ।

महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमती प्रदेशबाट दुई सय ४५ जना, गण्डकी प्रदेशबाट दुई सय ५० जना, लुम्बिनी प्रदेशबाट पाँचसय जना, कर्णाली प्रदेशबाट एक सय ९७ जना र सुदूरपश्चिम प्रदेशबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन् ।

कुल १७९३ जना प्रतिनिधि महाधिवेशनमा रहेका छन् । निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *