२०८० असोज ५ गते | 22nd of September 2023

च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा आयोजना हुने

च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा आयोजना हुने
Sanchar_np प्रकाशित: २०७८ मंसिर १८ गते १०:३९

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीचको खेल बन्द रंगशालामा आयोजना हुने भएको छ ।

कोरोना भाईरसको महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल दर्शक बिना हुने भएको हो । बायर्न र बार्सिलोनाबीचको खेल जर्मनीको एलिनाज स्टेडियममा डिसेम्बर ९ मा हुनेछ ।

जर्मनीमा कोरोना भाईरसको महामारीको संक्रमण बढ्दै गएपछि जर्मन सरकारले खेल दर्शक बिना गराउने तय गरेको हो ।

बायर्न र बार्सिलोना समूह ई मा रहेको छ । बायर्न नकआउट चरणमा प्रवेश गरिसकेको छ । बार्सिलोनाका लागि भने यस खेल महत्वपूर्ण रहेको छ ।

बायर्नलाई पराजित गरेमा बार्सिलोनाले नकआउट चरणमा स्थान बनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *