२०८० असोज ५ गते | 22nd of September 2023

शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी र संकटा क्लवको खेल बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी र संकटा क्लवको खेल बराबरीमा
Sanchar_np प्रकाशित: २०७८ मंसिर १८ गते १०:४३

काठमाडौं । दुई पटक पछि परे पनि सम्हालिएको प्रदर्शन गरेर पोखरेली टोली मनाङ मस्र्याङ्दीले संकटा क्लबसँग अंक खोस्न सफल भएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले दुई पटक पछि परेको अवस्थाबाट संकटाले २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

अंक गुमाएको मनाङ लिग तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यससँगै जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङले आफ्नो अपराजित यात्रा तेस्रो खेलमा पनि निरन्तरता दिएको छ भने मनाङको विजयी यात्रामा पूर्णविराम पनि लागेको छ ।

२–२ को बराबरी खेल्दै अंक बाड्ने क्रममा संकटाका लागि निरज बस्नेत र उत्तम राईले एक÷एक गोल गर्दा मनाङका दयानन्द सिंह र फ्रान्कलिन क्वेटाले एक एक गोल गरे ।

कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङविरुद्ध ३० औं मिनेटमा निरजले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । लक्ष्मण रुचालको फ्रिकिकमा निरजले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए ।

तर, खेलको ३५ औं मिनेटमा दयानन्दले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा फर्काए । पुजन उपरकोटीको फ्रिकिकमा फ्रान्कलिन क्वेटाको पासमा भारतीय मिडफिल्डर दयानन्दले हेडरमार्फत गोल गरेका हुन । त्यसपछिको पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।

दोस्रो हाफमा दुबै टोलीले आक्रामक खेल देखाए । खेलको ७० औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उत्तमले फोडे फोफानाको पासमा जाली चुमाउन सफल भएका थिए ।

त्यसपछि दबाबमा परेको आठ पटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै मनाङले ३ खेलमा ७ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ । संकटा भने ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *