२०८० असोज ७ गते | 24th of September 2023

राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी
Sanchar_np प्रकाशित: २०७८ मंसिर १८ गते १०:५१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज मतदान भईरहेको हो ।

मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भएपनि करिव १२ बजेबाट सुरु भएको छ । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला हुन गएको केन्द्रिय निर्वाचन समितिमा सदस्य राजु बस्नेतले जानकारी दिएका छन् ।

उनले मतदान छिटो सम्पन्न गर्न ८६ वटा विद्युतीय मतदान मेसिन र अध्यक्ष पदका उम्मेदवारको हकमा मत–पत्रको पनि व्यवस्था गरिएको बताए ।

निर्वाचन समितिका अनुसार मतदान बेलुका १० बजेसम्म चल्नेछ । त्यसपछि दुई घण्टा भित्र मतपरिणाम घोषणा हुनेगरी मतगणनाको कामलाई अघि बढाउने निर्वाचन समितिको तयारी छ ।

राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ । अध्यक्ष थापाले आफ्नो जीत सुनिश्चित भएको प्रतिक्रिया दिए ।

अर्का अध्यक्षका प्रत्यासी लिङ्देनले पार्टीको एजेन्डालाई जनताको बीचमा लैजाने काममा विगतका नेतृत्वले कमजोरी गरेकाले त्यसलाई सच्याउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन ।

महाधिवेशनका ४ हजार ३८० प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिईरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *