थप २३८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । भने ५ जनाको मृत्यु भएको छ ।
थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२० र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । निको हुने दर ९७.८ प्रतिशत रहेको छ । ११ हजार ५४० जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ६ हजार ७४४ जना रहेको छन् ।
२४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया