इन्डोनेसियामा ज्वालामुखी विष्फोट, १३ को मृत्यु, ९८ भन्दा बढि घाइते

Sanchar_np
प्रकाशित: २०७८ मंसिर १९ गते ११:४३
इन्डोनेसियाको पूर्वि जाभाको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोटमा परी १३ को मृत्यु, ९८ भन्दा बढि घाइते ।
इन्डोनेसियामा ज्वालामुखी
एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी)का अनुसार विष्फोटमा परी अन्य ९८ जना घाइते भएका छन् । यसैबीच ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ ।
ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
जाकार्ता समयानुसार शनिबार दिउ“सो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।
प्रतिक्रिया