२०८० असोज ७ गते | 24th of September 2023

लुम्बिनी प्रदेशले जित्यो वाइ वाइ यू –१९ क्रिकेट प्रतियोगिताको उपाधि

लुम्बिनी प्रदेशले जित्यो वाइ वाइ यू –१९ क्रिकेट प्रतियोगिताको उपाधि
Sanchar_np प्रकाशित: २०७८ मंसिर १९ गते ११:४८

काठमाडौं । लुम्बिनी प्रदेशले वाई–वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनलमा सुदुरपश्चिम प्रदेशलाई १ सय १३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि हात पारेको हो ।

जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ दशमलब ३ ओभरमा अलआउट हुदै केवल ९९ रनमा सिमित भयो । सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे ।कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रनमा आउट भए ।

सुदुरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । दुर्गेश गुप्ताले ३ विकेट तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा अलआउट हुदै २ सय १२ रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे ।

देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे । सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे ।

शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट चट्काए । नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए ।

राउन्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *