काठमाडौं । माछा मार्न गएका एक जनाको डुबेर मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा झापा गाउँपालिका १ निवासी ३८ वर्षीय भीम सोरेन रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार गौरीगंज गाउँपालिका २ पिण्डानघुटुस्थित शनिबार खोलामा सोरेन माछा मार्न गएका थिए ।
माछा मार्न गएका सोरेन साँझसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरीले उनको खोजतलास गर्ने क्रममा आइतबार दिउँसो खोलामा डुबेको अवस्थामा शव फेला पारेको डिएसपी पाठकले जानकारी दिए ।
यता, घटना विषयमा इलाका प्रहरी कार्यालय गौरीगंजले थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया