२०८० असोज ५ गते | 22nd of September 2023

भारतबाट फर्किएकाले सात दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

भारतबाट फर्किएकाले सात दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
Sanchar_np प्रकाशित: २०७८ मंसिर २० गते ११:३२

बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने भएको छ ।

भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टाइनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ ।

झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी रहेको हो ।

यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।

अहिले सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ ।

झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ ।

कोरोनाविरुद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ ।

पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ ।

दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *