२०८० असोज १३ गते | 30th of September 2023

रुसी राष्ट्रपति पुटिन आज भारत आउँने

रुसी राष्ट्रपति पुटिन आज भारत आउँने
Sanchar_np प्रकाशित: २०७८ मंसिर २० गते ११:३९

एजेन्सी । रुसी राष्ट्रपति पुटिन आज भारत आउँने भएका छन् ।

विदेश भ्रमण निकै कम गर्ने पुटिन भारत—रुस बार्षिक शिखर सम्मेलनमा सहभागी हुन सोमबार भारत आउन लागेका हुन् ।

भारत र रुसका बीचमा विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भारत भ्रमणमा आउन लागेकै दिन भारत र रुसका बीचमा यस्तो महत्वपूर्ण सम्झौता भएको हो ।

भारतका रक्षामन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागितामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

भारतले रुससँगको सहकार्य र सम्झौतालाई विशेष महत्वका साथ लिएको र रणनीतिक साझेदारको रुपमा बुझेको उनको भनाई छ ।

विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

–एएनआई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *