२०८० असोज १३ गते | 30th of September 2023

नेपाली यू–१९ पुरुष क्रिकेट टिमले बुधबारबाट प्रशिक्षण सुरु गर्ने, २० खेलाडी छनोट

नेपाली यू–१९ पुरुष क्रिकेट टिमले बुधबारबाट प्रशिक्षण सुरु गर्ने, २० खेलाडी छनोट
Sanchar_np प्रकाशित: २०७८ मंसिर २० गते ११:४४

काठमाडौं । नेपाली यू–१९ पुरुष क्रिकेट टिमले बुधबारबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले यू–१९ पुरुष टिमको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ ।

क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

क्यानले वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको जनाएको छ ।

एसिया कप युनाईडेट अरब इमिरेट्स युएईमा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ ।

एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *