२०८० असोज ७ गते | 24th of September 2023

झापामा चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जना पक्राउ

झापामा चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ मंसिर २१ गते ७:४५

झापा । झापा जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको अभियोगमा चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जना पक्राउ परेका छन् ।

झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा इलाम सूर्योदय नगरपालिका–९ बस्ने २१ वर्षीय आशिष सुब्बा, सोही नगरपालिका–८ बस्ने २१ वर्षीय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका(३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन् ।

झापा जिल्लाबाट हराएका तथा चोरी भएका मोटरसाईकलहरुको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।

उनीहरूलाई चोरी गरेको मे.६ प २५०५ र मे.११ प ९७३५ नम्बरको मोटरसाइकल सहित फेला पारेको हो ।

उनीहरू उपर जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी आवश्यक कानुनी कारबाहीको प्रकृया अगाडि बढाइएको ले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *