२०८० असोज ७ गते | 24th of September 2023

इतर समूहबाट कांग्रेस सहमहामन्त्रीमा जीवन परियारको उम्मेदवारी

इतर समूहबाट कांग्रेस सहमहामन्त्रीमा जीवन परियारको उम्मेदवारी
Sanchar_np प्रकाशित: २०७८ मंसिर २१ गते ७:५३

काठमाडौं । १४औं महाधिवेशनमा सह–महामन्त्रीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता परियारले दलिततर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

केन्द्रीय सदस्य परियारले संस्थापन इतर समूहबाट सहमहामन्त्रीबाट उम्मेदवार बन्न लागेका हुन् ।

संविधान सभा सदस्य रहेका उनी १२ औ महाधिवेशनबाट निरन्तर केन्द्रीय सदस्य रहेका छन् ।

कांग्रेसले यस पटकदेखि समावेशी समूह अन्तर्गत खस आर्य, महिला, थारु, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट १–१ जना सहमहामन्त्री चुन्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *