एजेन्सी । अमेरिकाले चीनको बेइजिङमा हुने गृष्मकालीन खेलकुद ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने भएको छ ।
चीनको मानवअधिकारलाई लिएर रहेको चासोका कारण कूटनीतिक बहिष्कारको निर्णय गरिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको हो । तर अमेरिकी खेलाडीहरु भने सहभागी हुने छन र सरकारको पूर्ण समर्थन रहने ह्वाइट हाउसले जनाएको छ ।
चीनले यसअघि नै बहिष्कारका कुनै पनि घटनाहरुलाई त्यसरी नै प्रतिक्रिया दिने बताइसकेको छ । गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले ओलम्पिकमा कूटनीतिक बहिष्कार सम्बन्धमा विचार गरिरहेको बताएका थिए ।
ह्वाइट हाउस प्रवक्ता जेन साकीले कूटनीतिक बहिष्कारको निर्णय भएको जानकारी दिएकी हुन ।
यसअघि सन १९८० मा अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गरेको थियो, सो समयमा खेलाडीलाई पनि सहभागित हुन दिएको थिएन ।
प्रतिक्रिया