काठमाडौं । बुद्ध एयरले आफ्नो विमानमा यात्रा गर्ने बेहुला–बेहुलीलाई काठमाडौं–पोखराको दुईतर्फी टिकट निःशुल्क दिने भएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले नव विवाहिता जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने बताएको हो ।
यसका लागि बेहुला–बेहुलीले बिहेको लुगामै बुद्ध एयरमा यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेहुन्छ ।
प्रतिक्रिया