२०८० असोज १२ गते | 29th of September 2023

पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिन्छुः डा. महत

पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिन्छुः डा. महत
Sanchar_np प्रकाशित: २०७८ मंसिर २६ गते ११:०४

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेता महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताए ।

उनले पार्टीलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेता महतले आम निर्वाचनमा पार्टीलाई एक बनाएर एक्लै स्थानीय तहदेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकोले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेको पनि बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बनेपनि सदस्यतामा अझै समावेशिता नभएको बताए ।

उनले आगामी दिनमा पार्टीमा रहेका कमी कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताए ।

नेता पौडेलले बिपी कोईरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

समाजमा भएका विकृतिलाई चिर्नका लागि काम गर्नुपर्ने पनि बताएका छन् ।

नेता पौडेलले नेपाली काँग्रेसभित्र वृहत एकता कायम गर्न आवश्यक रहेको बताउँदै कार्यकर्ताहरुको भावनालाई प्रतिनिधित्व हुनेगरी नेतृत्व चयन गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *