२०८० असोज ५ गते | 22nd of September 2023

नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने

नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने
Sanchar_np प्रकाशित: २०७८ मंसिर २६ गते ११:१९

काठमाडौँ । नेपालमै पहिलो पटक ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएससी) साइबर ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’विषयको पढाई हुने भएको छ ।

प्रितिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा बहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सो बिषयमा जानकरी दिइएको हो ।

कलेजले सन् २०२२ को जनावरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’कार्यक्रमको पढाई सुरु गर्दैछ ।

ब्रिटिस इन्जिनियरिङ्ग काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुइ)को सम्बन्धनमा सुरु गर्ने जानकारी दिएको हो ।

कार्यक्रमको औपचारिक सुरुवात नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक गरेका हुन् ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले नयाँ शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे।

नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पु¥याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरेका छन् । उनले साइबर सेक्युरिटी विषय पढ्नको लागि अब विदेश जान नपर्ने अवस्था आएको समेत बताए ।

सोल्टी होटलमा भएको कार्यक्रमको सुरुवात ह्याकिङले हाल देशमा निम्त्याएको खतरालाई प्रतिनिधित्व गर्ने विषयसँग सम्बन्धित विशेष नृत्यबाट भएको थियो ।

साइबर सेक्युरिटी सम्बन्धी तथ्य सामग्रीसहित प्रस्तुत भएका एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले ब्रिटिस कलेजले यस्तो शैक्षिक कार्यक्रमको सुरुवात गरेको भन्दै अन्य कलेजहरुले पनि यस्तो विषयको पढाई थाल्नुपर्ने आह्वान गरेका छन् ।

कार्यक्रममा प्यानल छलफलमा नेपाल दूरसञ्चार प्राधिकरणका निरिक्षण विभागका निर्देशक विजयकुमार रोय, खल्तीका सीइओ बिनय खड्का, इमिनेन्स वेजका कार्यकारी निर्देशक नारायण कोइराला, नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी नायबउपरीक्षक पशुपति रे, स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीआईओ सुजित श्रेष्ठ तथा एनसेलका आइएटी विभाग प्रमुख यस्मिनी भट्टराईले साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको बारेमा आफ्ना भनाई राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *