काठमाडौं । स्टडी इन नेपाल भन्ने मूल नाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आई. टि. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।
युनिभर्सल थट कन्सल्ट यूटीसीले आगामी पुस १ र २ गते बिहीबार र शुक्रबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने यस मेलामा विभिन्न शैक्षिक उपाधिहरु प्रदान गर्ने ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने छ ।
मेलामा करीब ५ हजार विद्यार्थीको सहभागिता रहने आयोजकको अनुमान छ ।
प्रतिक्रिया