विभिन्न राजनीतिक दलहरुले गरे एमसीसीको कार्यालय घेराउ, खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी

काठमाडौं । नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।
सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् ।
घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए ।
उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौंता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।
सिपी गजुरेल, नेता नेकपा (क्रान्तिकारी माओवादी)
कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए ।
उनले भारतमा बजार बिस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप लगाए । उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दावी गरे ।
नेता बास्तोलाले नेपाली जनतालाई कंगाल बनाउन, नेपाललाई लुट्नको निम्ति एमसीसी आइरहेकोले यसलाई खारेज गर्नुपर्ने बताए ।
प्रतिक्रिया