२०८० असोज ७ गते | 24th of September 2023

थप ३४१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्‍यु

सो अवधिमा ३७६ जना संक्रमणमुक्त

थप ३४१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्‍यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २७ गते १०:५७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३ जनाको मृत्‍यु भएको छ ।

सो अवधिमा ३७६ जना संक्रमणमुक्त भएका छन् ।

१० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ भने ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ जना रहेका छन् ।

जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *