२०८० असोज १३ गते | 30th of September 2023

आजबाट संघीय संसदको हिउँदे अधिवेशन शुरु

आजबाट संघीय संसदको हिउँदे अधिवेशन शुरु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते ८:१९

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन मंगलबारबाट शुरु हुँदै छ ।

मंगलबार दिउँसो २ बजे दुबै सदनको अधिवेशन शुरु हुुन लागको हो ।

यस अधिवेशनमा ६ वटा अध्यादेलाई पहिलो बैठकमा पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्को दशौँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ सहित अन्य विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण, समन्वय०, पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्ने छन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रमुख विपक्षी एमालेले सभामुख अग्नी प्रसाद सापकोटको भुमिकामाथि प्रश्न उठाउँदै यसअघिको अधिवेशन अवधिभर अवरोध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *