एजेन्सी । भारतको जम्मु कश्मिरस्थित श्रीनगरमा सुरक्षाकर्मी सवार बसलाई लक्षित गरी गोली प्रहार हुँदा २ सुरक्षकर्मीको मृत्यु भएको छ । घटनामा अन्य १२ सुरक्षाकर्मी घाइते भएका छन् ।
मोटरसाइकलमा आएका आतंकबादीहरुले सुरक्षाकर्मी सवार बसलाई घेरा हाली अन्धाधुन्ध गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको हो ।
श्रीनगरमा प्रहरीलाई हतियार सुबिधा नदिएका कारण उनीहरु जवाफी प्रहार गर्नबाट बन्चित रहेको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै यस्तो घृणित कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।
प्रतिक्रिया